शेयर बजारमा दोहोरो अंकको गिरावट, यी तीन कम्पनीमा सकरात्मक सर्किट

शेयर बजारमा दोहोरो अंकको गिरावट, यी तीन कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक १२ अंकले घटेर १८४५ मा झर्दा सेन्सेटिभ परिसूचक २ अंकले झरेर २६३ विन्दुमा छ।

बजार घटेसँगै कारोबार रकममा पनि त्यसको प्रभाव देखिएको छ। यसदिन २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ६४ करोड ३६ लाखको कारोबार भएको छ।

तेह्रमध्ये होटल तथा पर्यटन र म्युचल फण्डबाहेकका सबै उपसूचक समूह राताम्मे भएका छन्। सबैभन्दा बढि फाइनान्स समूहमा २.५४ प्रतिशतको गिरावट आयो।

अघिल्ला कारोबार दिनजस्तै यस दिन पनि अभियान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। यस्तै, सयपत्री हाइड्रोपावर र सिटिजन म्युचल फण्ड २ मा पनि १० प्रतिशतको बढोत्तरी छ।

यसदिन सबैभन्दा बढि कारोबार सोल्टी होटलको भएको छ। त्यसपछि नबिल बैंक र रिदी पावर कम्पनी छन्।

कात्तिक २, २०७९ बुधबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।