नवौँ राष्ट्रिय खेलकुद: टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको टेनिस मेन्स डबल्समा गण्डकीले स्वर्ण पदक जितेको छ। बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।
सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोस्रो सेट भने ४–६ ले गुमाउन पुग्यो। सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो।
यसअघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ।
कात्तिक २, २०७९ बुधबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।