नवौँ राष्ट्रिय खेलकुद: महिला बास्केटबलको कास्य गण्डकीलाई

नवौँ राष्ट्रिय खेलकुद: महिला बास्केटबलको कास्य गण्डकीलाई

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कास्य पदक हात पारेको छ। बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा हराउँदै कास्य पदक हात पारेको हो।

प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो। यसैगरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो।

गण्डकी प्रदेशलाई कास्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन्। मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन्।

कात्तिक २, २०७९ बुधबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।