नवौँ राष्ट्रिय खेलकुद: महिला आठ सय मिटर दौडमा एपीएफकी फूलमतीले जितिन् स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद: महिला आठ सय मिटर दौडमा एपीएफकी फूलमतीले जितिन् स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफकी फूलमती रानाले स्वर्ण पदक जितेकी छिन्। बुधबार पोखरा रङ्गशालामा भएको दौडमा फूलमतीले निर्धारित दूरी दुई मिनेट २७.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

उनले आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन्। आर्मीकी सरस्वतीले दुई मिनेट २७.५० सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन्। कास्य पदक आर्मीकै रेखा लिम्बूले दुई मिनेट ३०.४८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै जित्न सफल भइन्।

यसैगरी आठ सय मिटरकै दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्न सफल भएका छन्। उनले एक मिनेट ५४.०८ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। पुलिसका तेजबहादुर कार्कीले एक मिनेट ५५.२१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते।

त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५.५२ सेकेण्डमा दूरी पूरा गर्दै कास्य जिते।

कात्तिक २, २०७९ बुधबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।