सन्दीपलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं: जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ।
प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको हो।
लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ। उनलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसयता उनीमाथि हिरासतमा राखी अनुसन्धान जारी छ।
कात्तिक २, २०७९ बुधबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।