नेपाली बजारमा घट्यो सुनको मूल्य, तोलामा कति ?

नेपाली बजारमा घट्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य समेत घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो।

आज नेपाली बजारमा चाँदी तोलामा एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक २, २०७९ बुधबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।