नवौँ राष्ट्रिय खेलकुद: महिला पाँच हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको एथलेटिक्स महिला पाँच हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। बुधबार बिहान पोखरा रङ्गशालामा भएको दौडमा उनले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदक जितिन्।
सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन्।
कात्तिक २, २०७९ बुधबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।