विप्लव फेरि नेकपाको महासचिव चयन, केन्द्रीय समितिमा ७८ जना निर्वाचित

विप्लव फेरि नेकपाको महासचिव चयन, केन्द्रीय समितिमा ७८ जना निर्वाचित
फाइल तस्बिर

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा पुनः नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। कपिलवस्तुमा जारी पार्टीको नवौँ महाधिवेशनले महासचिवमा विप्लवलाई चयन गरेको छ।

यस्तै महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्त्वमा केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति गरी तीन तहको संरचना निर्माण गरेको छ।

जसमध्ये केन्द्रीय समितिमा ७८ जना निर्वाचित गरिएको छ। यसमा तीन जना पछि थपेर ८१ जनाको समिति बन्नेछ। वैकल्पिक केन्द्रीय समितिमा ४२ सदस्य निर्वाचित गरिएको छ। वैकल्पिक केन्द्रीय सदस्य पनि तीन जना पछि थप हुनेछन्।

केन्द्रीय प्रतिनिधि समितिमा १३२ जना हाल निर्वाचित भएका छन् र पछि सात जना थपिएर १३९ सदस्यीय हुनेछ।

अन्य पदाधिकारीहरू महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले चयन गर्ने बताइएको छ।

कात्तिक २, २०७९ बुधबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।