ताप्लेजुङमा राति ट्र्याक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङ: जिल्लाको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोलानजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा परी मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै निधन भएको हो। ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि खसेको बताइएको छ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए।
कात्तिक २, २०७९ बुधबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।