भारतले एसिया कप खेल्न पाकिस्तानमा टिम नपठाउने भनेपछि पाकिस्तानले पनि दियो विश्वकप नखेल्ने धम्की

एजेन्सी: एसियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष जय शाहले भारतीय टोली आउँदो एसिका कप खेल्न पाकिस्तान नजाने खुलासा गरे। सन् २०२३ मा पाकिस्तानमा आयोजना हुने एसिया कपलाई नै 'शिफ्ट' गर्ने र 'न्युट्रल भेन्यु'मा प्रतियोगिता आयोजना गर्ने उनले बताए।
यद्यपि यो औपचारिक भनाइ भने होइन। तर यही भनाइले अहिले भारत र पाकिस्तानबीच पुनः चर्काचर्की सुरु भएको छ।
अब पाकिस्तानले पनि धम्कीपूर्ण भाषामा एसीसीका अध्यक्षको भनाइलाई 'काउन्टर' दिइरहेको छ। पाकिस्तानले अब भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप नै बहिष्कार गर्ने जवाफ फर्काएको छ।
पाकिस्तान क्रिकेट बोर्डका एक प्रवक्ताले आउँदो महिना अष्ट्रेलियाको मेलबर्नमा हुने आईसीसी बोर्ड बैठकमा यो विषय उठान गर्ने पनि बताएका छन्।
सन् २०२३ को जुलाई-अगस्टमा एसिया कप आयोजना हुने तालिका छ भने अक्टुबर-नोभेम्बरमा विश्वकप आयोजना हुने तालिका छ।
कात्तिक २, २०७९ बुधबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।