आफ्नै भतिजमाथि गोली प्रहार गरेपछि आत्महत्या गरे जीवनले

आफ्नै भतिजमाथि गोली प्रहार गरेपछि आत्महत्या गरे जीवनले

काठमाडौं: झापाको गौरादह नगरपालिका–८ का ३५ वर्षीय जीवन शाहले आफ्नै भतिजलाई गोली हानेर पछि आत्महत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आत्महत्या गर्नुअघि जीवनले आफ्नै भतिज १५ वर्षीय हेमराज शाहलाई गोली हानेका थिए।

कार्यालयका सूचना अधिकारी बसन्त पाठकले भतिजलाई गोली हानिएको भन्दा ५० मिटर परको गेउरिया खोला किनारमा जीवन मृत फेला परेको थिए। उनको कन्चटमा गोली लागेको छ।

यस्तै गम्भीर घाइते भएका भतिज हेमराजको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। उनको ढाडमा गोली लागेको छ।

पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको आकलन छ। ईलाका प्रहरी कार्यालय दमकले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिरहेको छ।

कात्तिक २, २०७९ बुधबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।