विश्वकपमा आज वेष्ट इण्डिज-जिम्बावे र स्कटल्याण्ड-आयरल्याण्डबीच खेल हुँदै

विश्वकपमा आज वेष्ट इण्डिज-जिम्बावे र स्कटल्याण्ड-आयरल्याण्डबीच खेल हुँदै

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदैछ। आज वेष्ट इण्डिज र जिम्बावे तथा स्कटल्याण्ड र आयरल्याण्ड भिड्दैछन्।

वेष्ट इण्डिज र जिम्बावेबीचको खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बाट सुरु हुनेछ। स्कटल्याण्ड र आयरल्याण्डबीचको खेल बिहान ९:४५ बाट सुरु हुनेछ।

क्वालिफायरअन्तर्गतको समूह 'बी' का यी टोलीहरूमध्ये शीर्ष स्थानमा रहने टोली सुपर १२ मा पुग्नेछ।

यसअघि वेष्ट इण्डिजलाई स्कटल्याण्डले ४२ रनले हराएको थियो। यस्तै जिम्बावेले आयरल्याण्डलाई ३१ रनले हराएको थियो।

कात्तिक २, २०७९ बुधबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।