नवौं राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मीको अग्रता कायमै, कर्णाली १ स्वर्णसहित पुच्छारमा

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।
हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ काँस्यसहित कुल १६० पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको विभागीय टिम नेपाल पुलिस क्लबले ३० स्वर्ण, २४ रजत र ३७ काँस्यपदक सहित ९१ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ काँस्य पदक सहित कुल १०२ पदक हात पारेको छ।
गमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ काँस्यसहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ काँस्यसहित ५३ पदक आफ्नो पोल्टामा पारेको छ।
यता, सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ काँस्यसहित २६, एनआरएनएले ६ स्वर्ण, ६ रजत र ४ काँस्यसहित १६, मधेश प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ काँस्यसहित २४, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० काँस्यसहित ४७ पदक जितेका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ काँस्यसहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ काँस्यसहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
कात्तिक १, २०७९ मंगलबार २२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।