देउवालाई लाइभ डिबेटको चुनौती दिएकै दिन ओली अस्वस्थ

काठमाडौं : निर्वाचन प्रचारप्रसारका लागि झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
ज्वरो आएपछि उनी औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।
अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको थियो।
यसैबीच ओलीले बुधबार दिउँसो फेसबुकमार्फत प्रधानमन्त्ती एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटको लागि चुनौती दिएका थिए।
उनले आफू लाइभ डिबेटको लागि तयार रहेको भन्दै देउवा तयार हो कि हाेइन भनेर प्रश्न गरेका थिए।
कात्तिक १, २०७९ मंगलबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।