रुख घाँस काट्न गएका बालकको करेन्ट लागेर मृत्यु

रुख घाँस काट्न गएका बालकको करेन्ट लागेर मृत्यु

गुल्मी : घाँस काट्न गएका १३ वर्षीय बालक करेन्ट लागेर मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका–१४ रातामाटा बस्ने दल बहादुर पचभैयाको छोरा १३ वर्षीय दिपेन्द्र पचभैयाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

आफ्नै बारीमा रुखको घाँस काट्ने क्रममा घाँसको हाँगा नजिक रहेको हाइटेन्सन लाइनमा छुँदा दिपेन्द्रलाई करेन्ट लागेको हो।

गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कात्तिक १, २०७९ मंगलबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।