पुरुष बास्केटबलको सेमिफाइनल समीकरण पूरा, बुधबार एपीएफ र आर्मी तथा गण्डकी र बागमती भिड्ने

पुरुष बास्केटबलको सेमिफाइनल समीकरण पूरा, बुधबार एपीएफ र आर्मी तथा गण्डकी र बागमती भिड्ने

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनल समीककरण पूरा भएको छ। लिग चरणको खेलपछि आर्मी, एपीएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन्।

मंगलबार पोखरा रगंशालामा सम्पन्न ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो।

दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ। आर्मी ८ अंकका साथ समूह विजेता र एपीएफ ७ अंक बनाएर उपविजेता बनेर सेमिफाइनल प्रवेश गरे।

त्यस्तै, समूह ‘बी’ तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १४–१० स्कोरले हरायो भने दोस्रो खेलमा कर्णालीले लुम्बिनीलाई १९–१० स्कोरले हरायो। यो समूहबाट गण्डकी ८ अंकका साथ समूह विजेता र बागमती प्रदेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे।

बुधबार विहान सेमिफाइनलको पहिलो खेल विभागीय टोली एपीएफ र बागमती प्रदेशबीच तथा दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ

कात्तिक १, २०७९ मंगलबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।