कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियाे

कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियाे

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ।

दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म प्रत्यक्षतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

यस पटक प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिँदैछ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ। सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छापिएर हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ।

बाँकी प्रदेशहरूमा कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

कात्तिक १, २०७९ मंगलबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।