देउवालाई ओलीको चुनौती- 'देउवाजी, लाइभ डिबेटका लागि तयार हो ?'

काठमाडौं : प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।
मंगलबार अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत धेरैले प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन भनिरहेको भन्दै त्यसका लागि आफू तयार रहेको बताएका छन्।
ओलीले देउवा त्यसकालागि तयार हो वा होइन भन्दै प्रश्न गरेका छन्।
‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ’, ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि ?’
कात्तिक १, २०७९ मंगलबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।