थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७० हजारले लगाए खाेप

थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७० हजारले लगाए खाेप

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५१० जनाको नमूना परीक्षण गरिएकोमा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरका ७० हजार ९९४ जनालाई काेराेनाविरुद्धकाे खाेप लगाइएकाे छ।

मंगलबार १७ जना संक्रमित संक्रमणमुक्त हुँदा देशभर ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, यस अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

कात्तिक १, २०७९ मंगलबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।