मायादेवी मन्दिरको दानपेटिका खोलियो, २४ गणकले तीन दिनसम्म गणना गर्ने

मायादेवी मन्दिरको दानपेटिका खोलियो, २४ गणकले तीन दिनसम्म गणना गर्ने

बुटवल : लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को नेतृत्त्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो।

आर्थिक वर्ष ०७९/८० सुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खोलेको हो। मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीन दिनसम्म चल्ने कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको बताए।

राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी, र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो।

भेटी गणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। २४ जना गणकहरूको उपस्थितिमा भेटी गणना गरिएको लेखा शाखाका विकास लामाले बताए।

यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो। लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रूपमा दानलाई लिने गरिएको छ। आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको छ। 

कात्तिक १, २०७९ मंगलबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।