रोक्का जग्गा फुकुवा गर्ने भन्दै पाँच हजार घुस लिने कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादव पाँच हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।
रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले यादवलाई सेवाग्राही लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
सोमबार नियन्त्रणमा लिएका उनकाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
कात्तिक १, २०७९ मंगलबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।