नवौँ राष्ट्रिय खेलकुद: म्याराथनमा गण्डकीलाई पहिलो स्वर्ण दिलाए अनिशले

पोखरा: गण्डकी प्रदेशमा जारी एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन्। मंगलबार भएको खेलमा अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घन्टा २३ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरे। सशस्त्र प्रहरी बल (एपीएफ)का सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो।
कात्तिक १, २०७९ मंगलबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।