महिला म्याराथनमा एपीएफकी वृन्द्रालाई स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भएको एथलेटिक्स महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।
मंगलबार बिहान पोखरा रंगशालामा भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेण्डमा दूरी पूरा गरिन्। नेपाल प्रहरीकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गर्दै कास्य जितिन्।
कात्तिक १, २०७९ मंगलबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।