फेसबुकबाट भोट माग्ने प्रधानाध्यापकलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको भन्दै निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ। तिवारीले फेसबुकको प्रयोग गरी उम्मेदवारको पक्षमा भोट मागेकाले आयोगले स्पष्टीकरण सोधेको हो।
निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीसँग २४ घण्टे स्पष्टीकरण मागेको हो।
निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिताविपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ।
कात्तिक १, २०७९ मंगलबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।