अरिङ्गालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु, एक जना गम्भीर घाइते

अरिङ्गालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं: अरिङ्गालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका- १ हाम्फाल निवासी २१ वर्षिया शोभा बुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ति बुढाथोकी रहेका छन्। सोमबार बेलुका धान काटेर घर फर्कने क्रममा अरिङ्गालले टोकेपछि उनीहरूलाई उपचारका लागि श्रीनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले शोभालाई भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको बताए।

यस्तै अरिङ्गालको टोकाइबाट गम्भीर भएका नवीन बस्नेतको श्रीनगरमै उपचार भइरहको प्रहरीले जनाएको छ।

कात्तिक १, २०७९ मंगलबार १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।