टी ट्वेन्टी विश्वकपमा दुई खेल हुँदै, श्रीलङ्काले आज पनि हारे प्रतियोगिताबाटै बाहिरिने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपको क्वालिफायर राउण्डअन्तर्गत आज दुई खेल हुँदैछन्। आज श्रीलङ्का-यूएई र नामिबिया-नेदरल्याण्ड्स भिड्दैछन्।
नामिबिया र नेदरल्याण्ड्सबीचको खेल बिहान ९:४५ बाट सुरु हुनेछ। दुवै टिम पहिलो खेलमा विजयी भएको हुँदा आजको जितले यी टोलीलाई सुपर १२ मा पुग्ने सम्भावना बढाइदिनेछ। यीमध्ये पनि नेट रनरेटका आधारमा नामिबियाको सुपर १२ मा पुग्ने सम्भावना बढी छ।
यता श्रीलङ्का र यूएईबीचको खेल दिउँसो १:४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेल दुवै टोलीले हारेको हुँदा आज दुवै टोलीलाई सुपर १२ मा पुग्ने सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब छ। हार्ने टोलीको विश्वकप यात्रा आजै टुङ्गिनेछ।
कात्तिक १, २०७९ मंगलबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।