अदालत बुझाउन पुनः पक्राउ परे अपूर्व

अदालत बुझाउन पुनः पक्राउ परे अपूर्व

काठमाडौं : मुद्दा प्रक्रिया बुझाउन प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेको छ। आरोपीसहित मुद्दा बुझाउन सोमबार बेलुका काठमाडौं जिल्ला परिसरले सिंहलाई पक्राउ गरेको हो।

स्ट्यान्ड अप कमेडीको प्रस्तुतिबाट नेवार समुदायको संस्कृति र भाषाको अपमान गरेको लगायत ४ भन्दा बढी जाहेरीपछि उनी पक्राउ परेका थिए।

पक्राउपछि हिरासतमा उनी कोरोना सङ्क्रमित भएपछि प्रहरीले हाजिर जमानीमा छाडेको थियो। काठमाडौं परिसरका प्रवक्ता दिनेश मैनालीले अनुसन्धानको काम सकिएकाले पक्राउ गरी बुधवार बुझाउने जानकारी दिए।

कात्तिक १, २०७९ मंगलबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।