शताब्दी पुरुषको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा पनि झुकाइने

काठमाडौं: शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा आज मङ्लबार सरकारले सार्वजनिक बिदा दिएको छ।सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।
पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार जोशीको निधनको शोकमा आज देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा आज सार्वजनिक बिदा दिने निर्णय भएको हो।
यस्तै आज राष्ट्रिय झण्डा पनि झुकाइने भएको छ। नेपाल सरकारबाट झण्डा झुकाउने निर्णय भएको हो।
१०३ वर्षको उमेरमा जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा गत आइतबार निधन भएको थियो।
कात्तिक १, २०७९ मंगलबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।