आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले राम राम भन्न सक्छ, काँध हाल्न सक्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहता उल्लंघन गर्नेलाई आयोगले राम राम मात्र भन्ने सक्ने बताएका छन्।
साेमबार आयोगद्वारा जारी भिडियो सन्देशमा थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई आग्रह गरेका छन्। साथै उनले आचारसंहिता उल्लंघन गर्नेहरू कारबाहीको भागिदार हुनेसमेत बताए।
‘निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप गरेको भेटिए तपाईं (उम्मेदवारहरू)लाई कारबाहीको प्रक्रिया प्रारम्भ हुृन्छ,’ उनले भने, ‘त्यसपछि आयोगले राम राम त भन्न सक्ला तर काँध हाल्न सक्दैन, कारबाहीको जोखिम मोल्नका लागि तपाईंहरू तयार हुनुपर्छ।’
सबैको सहयोगमा मात्र स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्ने भएको बताउँदै थपिलियाले निर्वाचन पैसाले नभइ इमान, आस्था, विश्वास र सिद्धान्तले जितिने कुरा मनन गर्न आग्रह गरे।
असोज ३१, २०७९ सोमबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।