केन्द्रीय निर्वाचन परिचालन समितिमा आरजुसहित ६ जना थपियो

केन्द्रीय निर्वाचन परिचालन समितिमा आरजुसहित ६ जना थपियो

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासहित ६ सदस्य थप गरेको छ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजुसहित ६ सदस्यको मनोनयन गरेको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राणासँगै खिलानाथ दाहाल, आनन्दसन्तोषी राई, तिलक रानाभाट, तारा श्रेष्ठ र किरणप्रसाद गजुरेल समितिमा थपिएका छन्।

यो समितिका संयोजकका जिम्मेवारी केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई तोकिएको छ।

केन्द्रीय निर्वाचन परिचालन समितिमा आइतबार मात्र १०९ जनाको मनोनयन गरिएको थियो।

असोज ३१, २०७९ सोमबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।