टी–ट्वेन्टी विश्वकप : फस्ट राउन्डमा स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराउँदा वार्मअपमा भारतले अस्ट्रेलियालाई

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपको फस्ट राउन्डअन्तर्गत मंगलबार भएको खेलमा स्कटल्याण्डले वेस्ट इन्डिजलाई ४२ रनले पराजित गरेको छ।
१६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा समेटिएपछि स्कटल्याण्ड विजयी भएको हो। वेस्ट इन्डिजका जसन होल्डरले ३८, केल मेयर्सले २०, ब्रान्डन किङ्गले १७ र इभिन लिविसले १४ रन बनाए।
बलिङतर्फ मार्क वाटले तीन, ब्राड ह्वेल र माइकल लिसकले दुई–दुई तथा जोस डेभे र सफयान सरिफले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो। उसका लागि गोर्गे मुन्सीले ६६, कलुम म्याकलडले २३, माइकल जोन्सले २० तथा रिची बेरिङ्ग्टन र चेरिस ग्रिइभ्सले समान १६–१६ रन बनाए।
बलिङतर्फ वेस्ट इन्डिजका अल्जारी जोसेप र जेसन होल्डरले समान दुई–दुई तथा ओडेन स्मिथले एक विकेट लिए।
यस्तै, आजै भएको वार्मअप खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। जितको लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो।
उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७६, मिचेल मार्शले ३५, स्टिभ स्मिथले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि मोहम्मद शामीले तीन, भुवनेश्वर कुमारले दुई तथा अर्शदीप सिंह, हर्षल पटेल र युजभेन्द्र चहलले समान एक–एक विकेट लिए।
त्यसअघि ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो।
उसका लागि लोकेश राहुलले सर्वाधिक ५७, सूर्यकुमार यादवले ५० रन, रोहित शर्माले १५ रन बनाउँदा विराट कोहली १९ रनमा आउट भए।
अष्ट्रेलियाका लागि केन रिचर्ड्सनले १, मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, एश्टन अगरले एक एक विकेट लिए।
असोज ३१, २०७९ सोमबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।