शारीरिक सुगठनको टिम च्याम्पियन आर्मी

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो। शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो।
यस्तै आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेको छ।
टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको हो। प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो।
यसैगरी एपिएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।
प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ। कर्णाली प्रदेश पदकविहीन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो।
प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए।
असोज ३१, २०७९ सोमबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।