नवौं राष्ट्रिय खेलकुदमा आर्मीको अग्रता कायमै, ४४ स्वर्णसहित ९९ पदक

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको अग्रता कायमै, ४४ स्वर्णसहित ९९ पदक

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ।

अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्यपदक सहित ४९ पदक जितेको छ।

अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ काँस्य पदक सहित कुल ५९ पदक जितिसकेको छ।

यसैगरी बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्य सहित कुल ४५ पदक हात पार्दा गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदक सहित ३० पदक जितेको छ।

यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदुर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदक सहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

असोज ३१, २०७९ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।