महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

पोखरा : नवौं राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोागिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
सोमबार म्याग्दीको बेनीमा भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपा पुलिस, बागमती प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन्।
पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुुम्बिनी प्रदेशलाई हराएर सेमिफाइनल प्रवेश गरेको छ।
बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिमलाई हराउन सफल भयो।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिसले त्रिमुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउन सफल भयो। पुलिसले २५–१३, २५–२०, २३–२५ १४–२५ र १५–१३ को सेटमा हराएको हो।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले २५–१०, २५–१० र २५–१७ को सेटमा प्रदेश १ लाई हराउँदै अन्तिम चारमा सेमिफइनल प्रवेश गरेको हो।
प्रतियोगितामा प्लेयर अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिसकी क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई घोषित भए।
मंगलबार हुने पहिलो सेमिफाइनलमा एपीएफ र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्नेछन्।
असोज ३१, २०७९ सोमबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।