नवौं राष्ट्रिय खेलकुद : पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

नवौं राष्ट्रिय खेलकुद : पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले सहज जित निकालेका छन्।

पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरको हो। आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो।

खेलको पहिलो सेटमा आर्मीले २६–२९ र दोस्रो, तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो। आर्मीलाई जिताउन आयुश सिङले सर्वाधिक ३२ अंक ल्याए।

त्यस्तै समूह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ। बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अंक जोडेका थिए।

आज नै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’तर्फ एपीएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गर्दा दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको थियो।

त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ को पहिलो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गर्दा दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो।

असोज ३१, २०७९ सोमबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।