नवौं राष्ट्रिय खेलकुद : एपीएफ महिला क्रिकेटको फाइनलमा

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको महिला क्रिकेट खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो।
एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनै पनि ब्याटरले उत्कृष्ट खेल प्रस्तुत गर्न सकेनन्।
लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट हात पारिन्।
पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो। उसका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन्।
प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन्। टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन्।
लुम्बिनीका कृतिका मरासिनीले २ र मनिषा रानाले १ विकेट लिएका थिए।
असोज ३१, २०७९ सोमबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।