सानिमा बैंकले अपग्रेड गर्‍यो ‘थ्री इन वान’ खाता प्रणाली

सानिमा बैंकले अपग्रेड गर्‍यो ‘थ्री इन वान’ खाता प्रणाली

काठमाडौं : सानिमा बैंकले शेयर कारोबार प्रक्रियामा थप सहजता प्रदान गर्न ‘थ्री इन वान’ खाता प्रणाली अपग्रेड गरेको छ।

‘थ्री इन वान’ खाताको फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र कारोबार खाताका साथै सी आस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन्।

साथै, ‘थ्री इन वान’ खाता खोल्न ग्राहकले घरमै बसेर सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सी आस्वा तथा मेरो शेयरको सुबिधा लिनसक्ने बैंकले जनाएको छ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकले अनलाइनमार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नेछन्।

सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

असोज ३१, २०७९ सोमबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।