सत्यमोहन जोशीको निधनकाे शोकमा भोलि सार्वजनिक बिदा, राष्ट्रिष् झण्डा झुकाइने

सत्यमोहन जोशीको निधनकाे शोकमा भोलि सार्वजनिक बिदा, राष्ट्रिष् झण्डा झुकाइने

काठमाडौं : सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।

संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिन लागिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार आइतबार देशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा बिदा दिन लागिएको हो।

साथै, शोकमा राष्ट्रिय झण्डा झुकाउने निर्णयसमेत नेपाल सरकारबाट भएको गृह मन्त्रालयको सूचनमा उल्लेख छ।

जाेशीकाे आइतबार विहान सात बजेर नाै मिनेटमा ललितपुरकाे किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे।

असोज ३१, २०७९ सोमबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।