सिटिजन लाइफ इन्स्योरेन्सले सप्ताहव्यापी रूपमा वार्षिकोत्सव मनाउने

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालको पाँचौं वार्षिकोत्सव सप्ताहव्यापी रूपमा मनाउने भएको छ।
पाँच वर्ष पूरा गरेको अवसरमा कम्पनीले रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई, विद्यार्थीहरूलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामग्री वितरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले जीवन बीमाप्रतिको चेतना वृद्धिका लागि विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजनासमेत रहेको छ।
देशका विभिन्न क्षेत्रमा डेंगु संक्रमणका कारण रगतको कमी भएकोले रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
असोज ३१, २०७९ सोमबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।