थप ४६ जनामा कोरोना संक्रमण, २३ हजारले लगाए खोप

थप ४६ जनामा कोरोना संक्रमण, २३ हजारले लगाए खोप

काठमाडौं : नेपालमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा गरिएको २ हजार २८७ नमूना परीक्षणमा ४६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयल अनुसार यो अवधिमा १७ जना संक्रमणमुक्त हुँदा २३ हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर कोरोनाका ७११ सक्रिय संक्रमित रहँदा पछिल्लो २४ घण्टामा कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन।

असोज ३१, २०७९ सोमबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।