नवौं राष्ट्रिय खेलकुद : एपीएफ पुरुष फुटबलको सेमिफाइनल प्रवेश

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ।
सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धी बागमती पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा बागमतीले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नुपर्याे।
पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालको गोलमार्फत बागमतीले अग्रता बनाएको थियो। तर, दोश्रो हाफ भने बागमतीको पक्षमा रहेन।
खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। त्यसको एक मिनेट पछि अर्थात ६६औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए।
खेलकाे इन्जुरी समयमा थप नवीन लामाले थप एक गाेल गर्दै एपीएफकाे जित सुनिश्चित गरे।
असोज ३१, २०७९ सोमबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।