नेपाल ल्यूब आयलले शेयरधनीलाई ३० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
आइतबार भएको कम्पनीको ३१ औं वार्षिक साधारण सभाले २५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमा चौधरीले कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए। शेयर धनीहरूले देखाएको विश्वासलाई निराश बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकपछि कम्पनीको कार्यसम्पादनबाट उत्साहित देखिएका शेयर धनीहरूले नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरूका लागि रोल मोडल भएको जिकिर गरे। कम्पनीले नियमित रूपमा उच्च बोनस प्रदान गर्दै आएकोमा उनीहरूले खुसी व्यक्त गरे।
नेपाल ल्यूब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन तथा बिक्री गर्दछ।
असोज ३१, २०७९ सोमबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।