२ अंकले घट्यो नेप्से, अभियान लघुवित्त र सयपत्री हाइड्रोमा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
सोमबार नेप्से परिसूचक २ अंकले घटेर १८५८ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.२ अंकले बढेर ३६५को विन्दुमा छ।
बजार नबढ्दा कारोबार रकममा पनि भारी गिरावट आएको छ। आइतबार ८० करोडभन्दा बढिको कारोबार भएकोमा सोमबार भने कारोबार ५१ करोडमा खुम्चिएको छ।
तेह्र उपसूचक समूहमध्ये विकास बैंक, जलविद्युत्, सहकारी, उत्पाद तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूह घट्दा म्युचल फन्ड, निर्जीवन बीमा, होटल तथा पर्यटन, व्यापार, बैंक र अन्य समूह बढेको छ।
यसदिन अभियान लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा पिपल्स पावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले नै गुमाए। सोमबार सबैभन्दा धेरै कारोबार नबिल बैंकको भयो।
असोज ३१, २०७९ सोमबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।