चोरी भएका २१ बाइक र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण, एक जना पक्राउ

चोरी भएका २१ बाइक र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण, एक जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनि कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ मोटरसाइकल र ६स्कुटर हस्तान्तरण गरिएको हो।

गत साउनदेखि असोज ३० गतेसम्म काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ वटा निवेदन प्राप्त भएका थिए। १५९ वटा फेला परेकामध्ये साउन महिनामा ६८ र भदौ महिनामा ३८ सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ।

असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए।

असोज ३१, २०७९ सोमबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।