मंसिर ४ गते १ करोड ७९ लाखले मतदान गर्न पाउने, तपाईंको निर्वाचन क्षेत्रमा कति मतदाता? (सूचीसहित)

मंसिर ४ गते १ करोड ७९ लाखले मतदान गर्न पाउने, तपाईंको निर्वाचन क्षेत्रमा कति मतदाता? (सूचीसहित)

काठमाडौं : देशभरका १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

यी मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना लैङ्गीक तथा अल्पसंख्यक समुदायको रहेको निर्वाचन आयोगले जनाएको छ।

देशभर प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभातर्फको प्रत्यक्षतर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्।

कुन क्षेत्रमा कति मतदाता छन्? हेर्नुहाेस्:

 

असोज ३१, २०७९ सोमबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।