फेसबुकमार्फत दलको पक्षमा भोट माग्ने हेडसरलाई २४ घण्टे स्पष्टिकरण 

फेसबुकमार्फत दलको पक्षमा भोट माग्ने हेडसरलाई २४ घण्टे स्पष्टिकरण 

काठमाडौं : पर्वत जिल्लाको वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) छविलाल तिवारीलाई जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टिकरण सोधेको छ।

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टिकरण मागेको हो।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत  ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार सामाग्री पोष्ट तथा सेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको’ उल्लेख गरिएको छ।

शिक्षक तिवारीले आफैँ उपस्थित भई लिखित स्पष्टिकरण दिनुपर्ने विज्ञप्तिमा जनाइएको छ।

असोज ३१, २०७९ सोमबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।