हिजो एक हजारले घटेको सुनको मूल्य आज दुई सयले बढ्यो

हिजो एक हजारले घटेको सुनको मूल्य आज दुई सयले बढ्यो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला दुई सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा २५ रुपैयाँले सस्तो भएको चाँदीको मूल्यमा आज भने घटबढ भएको छैन। आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ कायम रहेको छ।

असोज ३१, २०७९ सोमबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।