भोट माग्न संयुक्त अपिल जारी गर्दै सत्ता गठबन्धन, बोलाइयो बैठक

भोट माग्न संयुक्त अपिल जारी गर्दै सत्ता गठबन्धन, बोलाइयो बैठक

काठमाडौं: आउँदो प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट माग्नका लागि सत्ता गठबन्धन दलले संयुक्त अपिल जारी गर्ने भएका छन्। आज दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनको बैठकले संयुक्त अपिल जारी गर्ने भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

यस्तै आजको बैठकमा बागी उम्मेदवारहरूको बारेमा पनि छलफल हुनेछ। पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरूलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ।

यसका साथै चुनावी तयारी र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

असोज ३१, २०७९ सोमबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।