सर्लाहीको ईश्वरपुरमा बस अनियन्त्रित भएर पल्टिँदा २३ जना घाइते, दुईको अवस्था गम्भीर

सर्लाही: ईश्वरपुर नगरपालिका- १२ बाँकेमा आज बिहान ३३ जना सवार बस अनियन्त्रित भएर पल्टिँदा २३ जना घाइते भएका छन्। सोही दुर्घटनाका घाइते दुई जनाको अवस्था भने गम्भीर रहेको छ।
गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी तीन वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचीनगर नगरपालिका- ७ का २१ वर्षीय प्रदीप पुरीलाई उपचारका लागी झापातर्फ पठाइएको छ।
अन्य घाइतेहरूको गढीमाई अस्पतालमा उपचार भइरहेको छ। काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा४ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो।
दुर्घटनामा घाइते भएका मध्ये ९ जना उपचारपश्चात घर फर्की सकेका छन्। चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
असोज ३१, २०७९ सोमबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।