टी ट्वेन्टी विश्वकप: आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्ने, जिम्बावेले आयरल्याण्डको सामना गर्ने

टी ट्वेन्टी विश्वकप: आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्ने, जिम्बावेले आयरल्याण्डको सामना गर्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्दैछन्। यस संस्करणको विश्वकपको यो दोस्रो दिनको तेस्रो खेल हो।

खेल नेपाली समयअनुसार आज बिहान ९:४५ मा सुरु हुनेछ। दुई पटक एकदिवसीय र दुई पटक टी ट्वेन्टी विश्वकप विजेता टोली वेस्ट इण्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ।

टेस्ट राष्ट्रमध्ये वरीयतामा पुछारमा रहेका कारण वेस्ट इण्डिजले क्वालिफायर राउण्ड खेल्नुपरेको हो। क्वालिफायर अथवा समूह चरणको खेलबाट उत्कृष्ट दुई टोली सुपर १२ मा पुग्नेछन्।

आजै जिम्बावे र आयरल्याण्ड पनि भिड्दैछन्। यो विश्वकपको चौथो खेल आज दिउँसो १:४५ बाट सुरु हुनेछ।

यसअघि हिजो भएको श्रीलङ्का र नामिबियाबीचको खेलमा नामिबिया ५५ रनले विजयी भयो। यस्तै यूएई र नेदरल्याण्डसबीचको खेलमा नेदरल्याण्डस ३ विकेटले विजयी भयो।

असोज ३१, २०७९ सोमबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।